पुष्पराज खतिवडा
मनहर्वा,मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बाराको मनहर्वास्थित मौवादेवी खेल मैदानको स्तरोन्नतिको लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेत समेटेरअघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्धाटन गर्दै शनिवार मधेस प्रदेशका मुख्यमन्त्री यादवले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री यादवले खेलकुद क्षेत्रको विकास गरेर समाजलाई लागू औषधमुक्त पार्न निजगढमा सुधार केन्द्र भवन निर्माण गरिने समेत बताउनुभयो ।
उद्धाटन समारोहमा मधेस प्रदेशकी खेलकुद मन्त्री सुरिताकुमारी साहले प्रतियोगिताका लागि मन्त्रालयबाट चार लाख उपलब्ध गराउने बताउनुभयो । कार्यक्रममा बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य एवंम् पूर्वमन्त्री ज्वालाकुमारी साहले प्रदेश सरकारसँग संमन्वय गरेरअघि बढ्न आफू तयार रहेको बताउनुभयो ।कार्यक्रममा पूर्वसांसद रामबाबु यादव, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा वडा नम्बर १८ का वडाध्यक्ष चर्तुरबाबु वाग्ले, वडा नम्बर १६ का अध्यक्ष हरिदेव खरेललगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको उद्धानसत्र मौवादेवी युवा क्लबका अध्यक्ष निर्मलकुमार यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
माघ २० गतेसम्म आयोजना हुने प्रतियोगितामा आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख नगद प्राप्त गर्नेछन् ।यसैबीच आयोजक मौवादेवी युवा क्लब तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको उद्धाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १-० ले पराजित गर्दै आयोजकले अन्तिम चारमा स्थान बनाएको हो ।आयोजकको जितमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले ३८औं मिनेटमा हेडमार्फत गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच आयोजक क्लबका आकाशबहादुर राना घोषित भए । उनले नगद दुई हजार पाँच सय प्राप्त गरे ।प्रतियोगिता अन्तर्गत आइतवार रिगल हेटौडा रिसोर्ट र रौतहट एफसीबीच हुनेछ ।

Leave a Reply