पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष हरिदेव खरेललाई निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) ले सम्मान गरेको छ ।

चन्द्रनिगाहपुरमा शनिवार सम्पन्न प्याब्सनको सांगठानिक भेला तथा प्रशिक्षण कार्यक्रममा वडाध्यक्ष खरेललाई सम्मान गरिएको हो ।प्याब्सन बाराको संस्थापक रहेर शैक्षिक उत्थानमा सक्रिय भूमिका निर्वाह गरिरहेको र स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको वडाध्यक्ष पदमा निर्वाचित भएको भन्दै प्याब्सनले खरेललाई गरेको हो ।

खरेललाई प्याब्सनको केन्द्रीय अध्यक्ष डिके ढुंगानालेसम्मान गर्नुभएको थियो । प्याब्सन मधेस प्रदेश कमिटीले आयोजना भएको कार्यक्रममा बारासहित मधेस प्रदेशका आठ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

Leave a Reply