कलैया,ब्राह्मण समाज नेपाल बाराले केन्द्रीय पार्षदहरुको छनौट गरेको छ । ब्राह्मण समाज नेपालको आगामी पुस २१, २२ र २३ गते दाङ्ग जिल्लाको घोराहीमा हुने अधिवेशनमा बाराबाट सहभागी हुने पार्षदको छनौट गरिएको हो ।ब्राह्मण समाज नेपाल बाराका निमित्त संयोजक अखिलेशकुमार पाण्डेको सभापतित्वमा शनिवार भएको भेलाले केन्द्रीय अधिवेशनको लागि बारा जिल्लाबाट ५ जना पार्षद सदस्य छनौट गरेको हो ।अधिवेशनमा भाग लिन ब्राह्मण समाज नेपाल बाराबाट बृजेशकुमार पाण्डेय, कात्र्तिकदेव पाण्डेय, राजेश तिवारी, बिजय किशोर पाण्डेय र ब्राह्माकान्त पाण्डेयलाई सर्वसहमतिबाट चयन गरिएको महागढीमाई नगरपालिकाका ब्राह्मण समाज नेपालका नगर अध्यक्ष रामायण तिवारीले बताउनुभयो ।यसैगरी जिल्ला अधिवेशन गराउन पटकपटक संयोजक तोकिए पनि तोकिएको समयमा अधिवेशन हुन नसकेपछि, तत्काल पुरानै समितिलाई अधिवेशन गराउन दवाव सृर्जना गर्ने, गराउने र जिल्लाका १५ वटा पालिकामा नगर कमिटी, गाउँ कमिटी गठन गर्न वातावरण सृर्जना गर्ने बैठकबाट निर्णय भएको हरिकृष्ण तिवारीले जानकारी दिनुभयो ।त्यस्तै महागढीमाई नगरपालिकामा चयन भएको नगर कमिटीलाई नै बैधानिकता दिने भेलाले निर्णय गरेको पनि उहाँले बताउनुभयो । भेलामा मुक्तिनाथ तिवारी, प्रेमलाल पाण्डे, अखिलेश पाण्डे, बिजय किशोर पाण्डे, देवानन्द पाण्डे, ज्ञानसागर पाण्डे, बेद प्रकाश पाण्डे, संजय तिवारी, शम्भु शुक्ला, ओमप्रकाश उपाध्याय, मोहन पाण्डे, चन्द्रकिशोर पाण्डे र शिवशंकर मिश्रालगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here