निजगढ,बाराको निजगढनगरपालिका वडा नम्बर १३ पानीसराकी एक बालिकामाथि बलात्कार भएको छ ।निजगढ नगरपालिका वडा नम्बर १३ डम्बरपुरस्थित आफन्तको घरमा बस्दैआएकी ११ वर्षिय बालिकालाई खानेकुरा किनिदिन्छु भन्दै स्थानीय एक पुरुषले ललाइफकाइ गरी गाउँ नजिकैको खयरघारी जंगलमा लगेर आइतवार साँझ ४.३० बजे बलात्कार गरेको प्रहरीको भनाई छ । बालिका केही दिनदेखि निजगढ नगरपालिका १३ डम्बरपुरस्थित फुपुको घरमा बस्दैआएकी थिइन ।

बलात्कार आरोपमा प्रहरीले मकवानपुर बकैया गाउँपालिका वडा नम्बर २ घरभइ हाल डम्बरपुरमै बस्दैआएका वर्ष ४१ का लालकुमार घलानलाई नियन्त्रणमा लिएको छ । लालकुमारले स्थानीय लालबहादुर गोलेको घरमा मजदुरी गर्दै आएका थिए ।
बालिकामाथि बलात्कार भएको भनेर स्थानीयले दिएको सूचनाको आधारमा निजगढ ११ रतनपुरीस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय निजगढबाट खटेको प्रहरी टोलीले घलानको खोजतलास गरी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिनुभयो ।बाराका प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बालिकाको बलात्कार भएको पुष्टि गर्नुभएको छ । बलात्कृत बालिकाकोअस्पतालबाट स्वास्थ्य जाँच गरिएको छ ।

Leave a Reply