निजगढ,निजगढमा बुधवारबाट एउटा विद्युतीय सवारी साधन चार्जिङ्ग स्टेशन संचालनमा आएको छ ।रौतहटका व्यवसायी राकेश कुमारले निजगढ नगरपालिका वडा नम्बर ९ लच्कामा ‘साथीभाई मल्टिप्रपोज प्रालि’को नाममा स्थापना गर्नुभएको चार्जिङ्ग स्टेशन धार्मिक विधि अनुसार पूजापाठ गरेपछि संचालनमा ल्याइएको हो ।

होटल सुविधासहित रहेको सो स्टेशनमा एक पटकमा ८ वटासम्म विद्युतीय सवारी साधन चार्जिङ्ग हुने क्षमता रहेको संचालक राकेश कुमारले जानकारी दिनुभयो । स्टेशनमा सबै प्रकारका इभि गाडी र अटोरिक्साको चार्जिङ्ग र गाडीहरुको वासिङ्ग सुविधासमेत रहेको छ । स्टेशन परिसरमा केही दिनपछि पार्क र रेस्टुरेन्ट पनि संचालन गरिने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी निजगढ ९ को स्मृति नगरमा संचालन गर्न लागिएको चार्जिङ स्टेशन निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । विराटनगरका व्यवसायी धिरज यदुवंशीले संचालन गर्न लागेको सो स्टेशनको निर्माण कार्य अन्तिम चरणमा पुगेको र केही दिनभित्र नै संचलनमा आउने बताइएको छ ।व्यवसायी यदुवंशीले ऋद्धी चार्जिङ्ग स्टेशनको नाममा संचालन गर्न लागेको सो स्टेशनबाट भने एकै पटकमा ६ वटा ठूला र ४ वटा साना गरी १० वटासम्म गाडी चार्जिङ्ग हुने जनाइएको छ ।

Leave a Reply