निजगगढ,नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निजगढ नगर स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रवार भएको अन्तिम क्वार्टरफाइनलमा श्री सार्वजनिक माध्यमिक विद्यालय बागदेवलाई सडेन डेथमा पराजित गर्दै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रतनपुरी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।खेलमा लिएको सुरुवाति अग्रता जोगाउन नसक्दा सार्वजनिक मावि प्रतियोगिताबाट बाहिरिनुपर्यो । खेलको ३८ औं मिनेटमा सार्वजनिक माविका कप्तान रोहन तिमल्सिनाले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर ५२ औं मिनेटमा नेरामाविका शोभालाल कुमरले गोल गर्दै खेललाई १–१ गोलको बराबरिमा पुर्याएका थिए ।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । तर टाईब्रेकरमा पनि बराबरी भएपछि खेलको निर्णय सडेन डेथबाट भएको हो ।खेलको म्यान अफ द म्याच नेरामाविका बिक्रम वाइबा घोषित भए । शुक्रवारको खेलसंगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । विद्यासागर माध्यमिक अङ्ग्रेजी बोर्डिङ स्कुल, श्री गौरीशंकर माध्यमिक विद्यालय सहिद चोक ए, श्री बकैया ठाकुर माध्यमिक विद्यालय खयरघारी यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन । निजगढ फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगितामा निजगढ नगरपालिका भित्रका १० वटा विद्यालयका १२ वटा टिमले सहभागिता जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here