हेटौंडा । मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १६ मा वडा स्तरीय भेला आयोजना गरेको छ ।
सो समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलको अध्यक्षतामा र वडा नम्बर १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्यहरु धुब्र प्रसाद धिताल,मिठुदेवी बिक,सरस्वती दुलाल चौलाागइ लगायत रेडक्रसका कृष्णबहादुर सापकोटा लगायतकोे उपस्थिति रहेको थियो । सो क्रममा देवकी रखाल मगरको अध्यक्षतामा मानव अधिकारका लागि एकल महिला एकल समूह हेटौंडा १६ गठन गरिएको छ । सो समितिको उपाध्यक्षमा सीमा बलामी,सचिवमा सरला बानिया,कोषाध्यक्षमा इन्दिरा भुजेल सहित नौं सदस्यीय समिति गठन गरिएको छ । कार्यक्रममा वडाअध्यक्ष कोइरालाले एकल महिलाहरु यसोदा घिमिरे,इन्दिरा भुजेल,अम्बिका बनस्कोटी,उर्मिला घिमिरे,सीता बलामी लगायतलाई नगद १० १० हजार रुपैयाका दरले सम्मान समेत गर्नुभएको मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीकाकुमारी पौडेलले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here