मंगलवार छिमेकी देश चीनमा ठूलै भूकम्प गएको थियो र त्यसको कम्पन नेपालका धेरैजसो भूभागमा महसुस भयो तर मानवीय र भौतिक क्षति भएन नेपालीका लागि यो खुसीको कु्रा हो तर चीनमा मानवीय सहित भौतिक क्षति भएको खबर आयो । यो दःुखद हो ।

नेपालमा हालै भूकम्प गएको छ । हालै भनेको एक दशक पनि भएको छैन । भर्खर ठूलो भूकम्प नेपालीहरुले झेलेका कारण पनि भूकम्पको बिषयमा नेपालीहरु अब धेरथोर जानकार हुनुपर्दछ । सामान्य सावधानीको बिषयमा अनुभवले पनि काम गर्दछ र गर्नु पनि पर्दछ ।

तर, मंगलवार भएको भूकम्पको धक्का अनि केही नेपालीहरुको बानी हेर्दा फेरि नेपालीहरुले भूकम्पका विषयमा अझै ज्ञान लिन आवश्यक जस्तो देखिन्छ । सबै नेपालीहरुले बुझ्नु पर्ने कुरा को हो भने नेपालमा जुनसुकै समय र ठाउँमा भूकम्प आउन सक्छ । भूकम्पबाट जोगिनका लागि नेपालीहरु सदैब तयार रहनुपर्दछ । यो हालै अथवा २०७२ सालमा गएको भूकम्पले पनि सिकाएको पाठ हो ।

भूकम्प आउने बित्तिकै आत्तिने अनि जथाभावी हामफाल्ने अनि केके न आयो भनेर बढी चिन्ता गर्ने होइन । भूकम्पसंग डराएर साध्य लाग्दैन तर सचेत चैं हुनुपर्दछ । सचेत भनेको आफू बस्ने घर,टोल छिमेक वा इलाका सुरक्षित हुनुपर्दछ र बनाइनु पर्दछ । भूूकम्प आइहाले कसरी जोगिने भन्ने कुराको सामान्य ज्ञान सिकेर सुरक्षित स्थानमा लाग्नु पर्दछ । कलैयामा नै विद्यार्थीहरु बेहोस भएको कुरा आयो । यसरी आत्तिन हुदै हुैन तर सचेत चैं संर्धै भइरहनुपर्दछ ।

Leave a Reply