बागमती,नेकपा माओवादी केन्द्रको बागमती गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रशिक्षण दिँदै नेकपा माओवादीका उपमहासचिव बर्षमान पुनले माओवादीको अन्तिम लक्ष्य भनेको समाजवाद नै भएको बताउनुभयो । झट्ट हेर्दा केही गडबड जस्तो देखिए पनि माओवादी आफ्नो लक्ष्यबाट बिचलित नभएको उहाँले बताउनुभयो ।नेकपा माओवादी केन्द्रको तीन महिने रुपान्तरण कार्यक्रम अन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रमको सभापतित्व पार्टीका बागमती गाउँ कमिटीका अध्यक्ष अरुण बलले गरिरहनु भएको छ ।कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटीका सदस्य एवम् प्रादेशिक विभाग प्रमुख परशुराम तामाङ्ग, नेकपा माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, सो पार्टी बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री, केन्द्रीय सदस्य डिबी ढकालले प्रशिक्षण दिनु भएको छ ।कार्यक्रममा स्वागत मन्तब्य राख्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम बागमती गाउँपालिकाका विशेष रुपान्तण अभियानका कमाण्डर बिष्णु सापकोटा (जुगल)ले प्रशिक्षण कार्यक्रमको महत्वको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रम बागमती गाउँ कमिटीका सचिव रहर थिंगको संचालनमासम्पन्न भएको हो ।यसैबीच कार्यक्रममा नेपाली काँग्रेस परित्याग गर्दै भीमप्रसाद घिमिरे सहितको एक टोली नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ । नव प्रवेशी सबैलाई उपमहासचिव पुनले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा नेकपा माओवादी मकवानपुर जिल्ला समन्वय समितिका संयोजक सर्केश घलान, बागमती गाउँपालिकाका इचार्ज ज्ञान सागर भोलन,पार्टीका कार्यालय सचिव आषिस तामांग लगायतको पनि उपस्थिति थियो ।



















