काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र काठमाण्डौ रेजर्स एफसीले बराबरी खेलेका छन् ।
सोमवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा धनगढी र काठमाण्डौले १–१ गोलको बराबरी खेले । खेलको १४ औँ मिनेटमा अहमद हिजाजीले गोल गर्दै धनगढीलाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म धनगढी १–० गोलले अघि रहेको थियो ।खेलको दोस्रो हाफमा काठमाण्डौले बराबरी गोल ग¥यो । ६६ औँ मिनेटमा किङ्गे ओलिभरले गोल गर्दै खेल १–१ गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि १–१ अङ्क बाँडे ।यो बराबरीसँगै धनगढीले ६ खेलमा १२ अङ्क जोडेको छ । प्रतियोगितामा अपराजित रहेको धनगढी शीर्ष स्थानमा यथावत् छ । काठमाण्डौ ६ खेलमा ९ अङ्कसहित चौथो स्थानमा छ ।

Leave a Reply