सबैलाई थाहा छ, वीरगञ्ज– पथलैया औद्योगिक क्षेत्रमा सयौं उद्योगहरु छन् । ती उद्योगहरुको संचालनमा लागि एउटा नीति र मापदण्ड पनि बनाइएको छ ।उद्योग संचालकले सरकारले निर्धारण गरेको मापदण्डको पूर्णरुपमा परिपालना गर्नुपर्ने हुन्छ । उद्योग सम्बन्धि यो मापदण्ड कानुन नै हो । तर यस क्षेत्रका केही उद्योगहरुले सरकारले तोकेको मापदण्डको न्यूनतम् रुपमासमेत ख्याल गरेका छैनन् । जसका कारण समाजमा दूषित वातावरण त सृजना भएको छ नै बेलाबेलामा मानवीय क्षति समेत हुने गरेको छ ।

शनीवार मात्रै एक बालकको यीनै उद्योगबाट निस्किएको दूषित पानीका कारण ज्यान गएको छ । सिमरामा रहेको नन्दन ध्यू, गणपति ध्यू मात्रै होइन अशोक स्टीलका कारण नै ती बालकको ज्यान गएको छ ।अब यस्तो मानवीय क्षतिको घटनामा ती उद्योगहरुको बद्मासीका लागि के कारबाही हुन्छ ? मुल कुरा यो हो । यो पनि एक प्रकारको अपराध हो तर यस्तो घटनामा संलग्न दोषिमाथि कुनै कारबाही भने हुने गरेको छैन ।स्थानीय सरकारले कम्तीमा यस्ता उद्योगहरुले गरिरहेको बद्मासीको ख्याल गर्दै उनीहरुलाई आवश्यक परे बन्द समेत गराउनका लागि सिफारिस गर्न सक्छन् तर विशेष गरी बाराको जीतपुरसिमरा र वीरगञ्ज महानगरपालिका समेत यस्तो विषयमा संवेदनशील छैन । उद्योगहरुसंग लत्रिएकै देखिन्छ । किन उनीहरु यसरी निरिह बन्नु परेको हो ? यसको जवाफ नगरवासीहरुले खोजिरहेका छन् ।
मानिसको ज्यानभन्दा ठूलो केही छैन तर पनि यी उद्योगहरुले नागरिकको जीवनमाथि खेलवाड गरिरहेकै छन् ।

 

Leave a Reply