सिम्रौनगढ,प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्बर २ र ७ को खजानीमा अवैध गाँजा खेती नष्ट गरेको छ ।
गाँजा खेती लगाएको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीले १२ कठ्ठामा लगाइएका गाँजा खेती नष्ट गरेको हो ।दुबै वडाका विभिन्न २० स्थान गरी सो परिमाणमा लगाइएको प्रतिबन्धित गाँजा खेती फडानी गरेर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply