सिगौंल,निजगढ नगरपालिकामा मातृभाषा शिक्षण (तामाङ भाषा) कार्यक्रम तथा स्थानीय पाठ्यक्रम प्रवलीकरण ५ दिने तालिम बुधबारबाट सुरु भएको छ ।
नगरपालिकाकी उपप्रमुख लिलादेबी लामिछानेले निजगढस्थित पार्टी प्यालेसमा तालिमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको आयोजना नेपाल तामाङ घेदुङ केन्द्रीय समिति र सहआयोजक निजगढ नगरपालिका रहेको छ । कार्यक्रम सन्चालन नेपाल तामाङ घेदुङ संघ बाराका पूर्वजिल्ला अध्यक्ष अमिर मोक्तानले गर्नुभएको थियो । कार्यक्रममा निजगढ निजगढ नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु स्थानीय राजनीतिक दलका कार्यकर्ता र समाजसेवीहरुको समेत सहभागिता रहेको थियो ।