सिमरा,बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ मा ५ सय ५० जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई मंगलवार निस्सा वितरण गरिएको छ ।जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरुङले वषौदेखि भूमिहीन भएर बसोबास गर्दै आएका परिवारको पहिचान गरि निस्सा वितरण गर्नुभएको हो । जग्गाको निस्सा वितरण गरिएका परिवारलाई छिट्टै लालपुर्जा पनि दिलाउने पहल गरि आफुहरु सम्बन्धित निकायमार्फत गर्ने वडा अध्यक्ष गुरुङले बताउनु भयो ।जग्गाको निस्सा पाएपछि स्थानीयहरुले खुसी व्यक्त गर्दै जमिनको लालपुर्जा पाउनबाट अब एक खुड्किलो मात्र बाँकी रहेको बताउदै वडाका जनप्रतिनिधिहरुलाई धन्यवाद दिएका थिए ।
वडा अध्यक्ष गुरुङको अध्यक्षमा सम्पन्न भएको निस्सा वितरण कार्यक्रमको प्रमुख अतिथि नेपाल सरकारका पुर्वमन्त्री एंवम नेकपा एमालेका नेता पुरुषोत्तम पौडेल रहनुभएको थियो भने विशिष्ट अतिथिमा मधेस प्रदेशका प्रदेश सभा सदस्य मंजु थापा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, भूमी सम्बन्धि समस्या सामाधान आयोग बाराका सदस्य मेहिलाल दास लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply