वीरगन्ज,१४ भदौं । ट्रकबाट कपडा लुट्ने मुख्य योजनाकारलाई प्रहरीले सोमबार काठमाडौंको असनबाट पक्राउ गरेको छ । ५ महिना अगाडि वीरगञ्जबाट कपडा बोकी काठमाडौं जादै गरेको ट्रकलाई लुट्ने मुख्य योजनाकार प्रदिप भट्टलाई प्रहरीले असनबाट पक्राउ गरेको हो ।

वीरगञ्जबाट जादै गरेका ट्रकमा लोड गरिएका खुद्रा सामान र लत्ताकपडा पाँच महिना अघि पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएको थियो ।

ट्रक नियन्त्रणमा लिएर लत्ताकपडा चोरी गर्ने गिरोहका केहि व्यक्तिलाइ चितवन प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । चितवन प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिको बयानको अधारमा मुख्य योजनकार भट्ट रहेको खुलेको जनाएको छ ।
भट्टलाई केहि महिनादेखी पक्राउ गर्ने योजना अनुसार प्रहरीले सोमबार काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।सोमबार पक्राउ परेका भट्टलाई अपराध महाशाखा काठामाडौंले आज चितवन प्रहरीको जिम्मा लगाएको छ ।
वीरगञ्जबाट काठमाडौंको लागि कपडा बोकेको ना ३ ख ७६२९ र ना ३ ख ७६५६ नम्बरका ट्रक पूर्व–पश्चिम राजमार्गको नयाँ बस्ती भन्ने ठाउँमा लुटिएका थियो ।

ट्रकबाट लुटिएको कपडा वीरगञ्जका एक ब्यापारिको रहेको बताइन्छ । वीरगञ्जबाट कपडा बोकी काठमाडौं जादै गरेको ट्रकलाई चितवनमा ट्रक नियन्त्रणमा लिएर भट्टको गिरोहले वीरगञ्जका ब्यापारिलाइ ५० लाख रुपैयाको मागं गरेको थियो । ब्यापारिले पैसा नदिएपछि ट्रकबाट कपडा लुट्नेको थियो ।

खुकुरी प्रहार प्रकारणको समेत मुख्य योजनाकार भट्टट्रकबाट कपडा लुट्ने मुख्य योजनाकारमा पक्राउ परेका प्रदिप भट्ट चितवनकै तिनजान माथि भएको खुकुरी प्रहार काण्डको समेत मुख्य योजनाकार भट्ट रहेका खेलेको छ ।तिन महिना अगाडि चितवनको कुमार थापा भन्ने मान्छेलाइ खुकुरी प्रहार गरी घम्भिर घाइते बनाइएको थियो । चितवनक र्याक्स भन्ने मान्छेले थापामाथि खुकुरी प्रहार गरेका थिए ।

Leave a Reply