कलैया,नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बाराको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा धिरेन्द्र पनुहर सर्वसहमत चयन हुनुभएको छ । सोमवार बाराको नरहीमा भएको फोनिजको चौथो जिल्ला अधिवेशनले पनुहरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले समितिको उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा ईन्दिरा चौधरी, सचिवमा जितेन्द्रप्रसाद चौधरी, सहसचिवमा वसन्त लामा, कोषाध्यक्षमा विनिता चौधरी सर्वसहमतीबाट चयन गरेको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यसमिति सदस्यमा सदस्यमा मुकेश चौधरी, राजकुमार लामा, उमेश घलान चयन भएका छन ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पासवान, अग्रज पत्रकार सत्यप्रसाद श्रेष्ठ, पर्यटन पत्रकार संघका अध्यक्ष पवन यादव, पत्रकार रमेश साह, प्रभु यादव, थारू अगुवा भुवन चौधरी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । फोनिज बाराका अध्यक्ष जियालाल चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालन धिरेन्द्र पनुहरले गर्नुभएको थियो ।