Palestinians inspect the destruction around Ahmed Yassin mosque, which was levelled by Israeli airstrikes, in Gaza City early on October 9, 2023. Israel relentlessly pounded the Gaza Strip early October 9, as fighting raged with Hamas around the Gaza Strip and the death toll from the war against the Palestinian militants surged above 1,1000. (Photo by Mohammed ABED / AFP)

काठमाण्डौं,चीनले इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताउनुभएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।
विदेशमन्त्री यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नुपर्ने पनि बताउनुभयो । चीनले इजरायल–हमासबीचको सङ्घर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउन आउँदो हप्ता विशेष दूत पठाउन लागेको पनि जानकारी गराएको छ ।यसैबीच इरानले इजरायलमाथि युद्ध अपराध र नरसंहार गरिरहेको आरोप लगाएको छ । हमासका नेता इस्माइल हानियासँगको भेटपछि इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियनले इजरायलले युद्ध अपराध र नरसंहार तत्काल नरोके स्थिति नियन्त्रणबाहिर जाने र यसको दूरगामी नतिजा निस्किने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।हमासले गरेको आक्रमणबाट एक हजार तीन सय जना र इजरायली सेनाले गरेको कारबाहीबाट दुई हजार तीन सय जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।अहिले हमासको अवरोधका बीच पनि उत्तरी गाजाका मानिसहरू दक्षिणतर्फ भागिरहेका छन् । उत्तरी गाजा खाली गर्न उर्दी जारी गरेको इजरायली सेनाले गाजाको सीमा क्षेत्रबाट स्थलगत गोलावारी पनि शुरु गरेको बीबीसीले जनाएको छ । सहरमा भने सेना पुगिसकेको छैन ।

Leave a Reply