सिमरा,डुमरवाना भेट्रान क्लब महेन्द्रनगर नकआउट फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १६ महेन्द्रनगर खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा जेवाईसिसि डुमरवानालाई टाईब्रेकमा ३–२ ले पराजित गर्दै डुमरवाना भेट्रान फाइनलमा प्रवेश गरेको हो ।निर्धारित समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेल टाईब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा सिसस थापा, बिक्रम लामा र कृपा चौधरीले गोल गर्दै टिमलाई उपाधि होडमा उभ्याए । यता जेवाईसिसिका पिके चौधरी र सन्देश चौधरीले गोल गर्दा अभिशेक चौधरीको प्रहार विपक्षी गोलरक्षक युनेश चौधरीले बचाउ गरे ।

युनेश प्लेयर अफ दि म्याच घोषित भए । उनलाई जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हिराबहादुर गुरुङले पुरस्कृत गरेका थिए ।डुमरवाना भेट्रानले अब उपाधिका लागि पिलुवा फूटबल क्लबसंग खेल्नेछ । पहिलो सेमिफाइनलमा सिंगोल फूटबल क्लबलाई ९–२ ले पराजित गर्दै पिलुवा फाइनलमा प्रवेश गसिकेको छ । प्रतियोगिताको फाइनल खेलमा मंसिर १८ गते हुनेछ ।


















