कलैया, १७ फागुन
नेकपा एमाले प्रसौनी गाउँपालिका कमिटीको बैठक बुधवार प्रसौनीमा सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियान गाउँगाउँमा पु¥याउने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय सदस्य तथा ग्रासरुट अभियानका बारा जिल्ला प्रतिनिधि अरविन्द सिंहले ग्रासरुट अभियानको बारेमा प्रष्ट पार्नुभएको थियो ।
त्यसैगरी प्रदेश कमिटी सदस्य मनोज पौडेलले प्रधानमन्त्री प्रचण्डका कारण देश अस्थिरतातर्फ धकेलिएको तर्क गर्नुभयो । उहाँले प्रचण्ड बोलीको ठेगान नभएको नेताको रुपमा रहेको दाबी गर्नुभयो ।
गाउँपालिका अध्यक्ष भगवती न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेस कमिटीका सदस्यहरु राजमहमद राय, बिनोद पटेल, सुनिल पाल, जिल्ला कमिटी सदस्यहरु तारा कार्की, ूुब यादव, हेमराज न्यौपाने, रमेश खरेल, अषेश्वर गुप्ता लगायतको उपस्थिति रहेको थियो ।
बैठकले वडा कमिटीका बैठकको मिति पनि निर्धारण गर्नुको साथै जनसङ्गठन संयन्त्रको भेला आयोजना र स्थानीय तह सन्चालनका लागि पालिका संसदीय दल तथा वडा दल निर्माण गर्ने निर्णय गरेको छ । वडामा जिल्ला कमिटी सदस्यहरुलाई ग्रासरुट अभियानको प्रतिनिधि बनाएर खटाउने समेत निर्णय भएको जनाइएको छ ।
















