सिमरा,नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ६ को वडा कमिटी बैठक मंगलबार नगौलमा सम्पन्न भएको छ । बैठकले ग्रासरुट अभियानलाई टोलटोलमा पु¥याउने निर्णय गरेको छ ।नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य तथा प्रदेस सभा सदस्य देबनारायण चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम वडा अध्यक्ष फजेल हक अन्सारीको सभापतित्व र आजित अन्सारीको सहजीकरणमा भएको हो । बुधकुमारी अधिकारीले स्वागत मन्तव्य व्यक्र गर्नुभएको सो कार्यक्रममा प्रदेश कमिटी सदस्य मनोज पौडेल, आसमहमद अन्सारी, विद्या थापा, प्रभुनाथ चौधरी, रबिन्द्र खकुरेल लगायतले मन्तव्य राखेका थिए । वडा कमिटीको बैठकले चैत्र १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने र वडाका सबै टोलमा भेला सन्चालन गर्ने निर्णय गरेको छ ।त्यसैगरी वडा नम्बर ५ को वडा कमिटीको बैठक कृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ ।