निजगढ,निजगढ नगरपालिका वडा नम्बर ४ स्थित पुरानो निजगढमा राष्ट्रिय भूमि आयोगले सोमवारबाट सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको जग्गा नाप जाँचको काम शुरु गरेको छ ।राष्ट्रिय भूमि आयोग जिल्ला समितिको तर्फबाट जिल्ला अध्यक्ष छविलाल उप्रेती, आयोगका सदस्य सचिव चन्दन दास, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी लगायत निजगढ नगरपालिकाका नापी विभागका कर्मचारी सहितको उपस्तिथिमा नक्सा चेक जाँच तथा नाप गर्ने कार्य शुरु भएको हो ।यसअघि जग्गाको नाप जाँचको काम केही प्राविधिक कारणले रोकिए पनि अब काम छिटोभन्दा छिटो हुने नगरप्रमुख सुरथ पुरीले बताउनुभयो ।यता राष्ट्रिय भूमि आयोगको तर्फबाट आउनु भएका जिल्ला सदस्य सचिव चन्दन दासका अनुसार जग्गाको नाप जाँचको काम फिल्डमा रोकिएता पनि पहिला कन्सलटेन्सीद्वारा नापिएको जग्गाको नाप जाँचमा केहि समस्या देखिएकाले आन्तरिक रुपमा त्यसलाई सुल्झाउने क्रममा समय दिनुपरेकोले आफूहरु फिल्डमा आउन नभ्याएको बताउनुभयो ।जग्गाको नाप जाँचको काम सोमवार वडा नम्बर ४ बाट शुरु भएसँगै निजगढको बाँकी वडाहरुमा पनि क्रमस काम सुचारु हुने नगरप्रमुख पुरीले जनाकारी दिनुभयो ।