निजगढ,तामागढी– रतनपुर सडक खण्डको फास्टट्रयाक नजिक स्कुटर दुर्घटना हुँदा स्कुटीमा सवार २ जना युवति बिहीवार गम्भीर घाइते बनेका छन ।घाइते हुनेमा निजगढ नगरपालिका वडा नम्बर १२ अन्दाजी वर्ष २२ र २३ की आयुसा गोले र आरती योन्जन रहेका छन । आयुसाले चलाएको मधेस प्रदेश ०३– ०२७ प ४६५४ नम्बरको स्कुटर साझ ५ बजे दुर्घटनामा परेको हो ।तामागढी– रतनपुर सडकको लाल पार्किङभन्दा केही मिटर तल सडक छेउमा भएको विपरित दिशाबाट आएको क्रेनमा स्कुटर ठोक्किदा उनीहरु घाइते भएका थिए ।घाइते दुबैको होस नखुलेको र निजगढ सामुदायिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । क्रेनका चालक जीतपुरसिमरा वडा नम्बर ३ बस्ने निश्चल कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।