नरेश गुप्ता,नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य दिनेश राईले कम्युनिस्ट आन्दोलनको सुदृढीकरण अभियानमा जुटनु पर्ने आजको आवश्यकता रहेको बताउनु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको सुदृढीकरण अभियानलाई मजबुत बनाउन राईले आग्रह गर्नु भएको थियो ।
प्रतिनिधि सभा विघटन तथा प्रतिगमनको विरोधमा रहेका कार्यकर्तालाई १० बुँदेको भुलभुलैयामा नरहन उहाँले आग्रह गर्नुभयो । नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला सचिव बिक्रम ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी बैठकमा जिल्ला सचिवालय, जिल्ला कमिटी सदस्य, जनवर्गीय संगठन तथा बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै नेता राईले नेकपा (एकिकृत समाजवादी) का केन्द्रीय सदस्य दिनेश राईले उपमहानगर, नगर तथा गाउँपालिका कमिटीमा पार्टी संगठनहरुमा व्यापक छलफल गरी २७ गतेको जिल्ला अगुवा भेलालाई सफल बनाउन आह्वान गर्नुभयो । उहाँले व्यक्तिवाद तथा व्यक्तिहरुको पछि नलाग्न तथा पार्टी, संगठन, बिधि, पद्दतीका आधारमा चल्ने सँस्कृतिकोे विकासमा लाग्न आग्रह गर्नु भयो । एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी प्रवृत्तिले पार्टी यस्तो अवस्थामा पुगेको स्मरण गर्दै जिल्लाका कोही कसैले हाम्रो आन्दोलनलाई पछि पार्न नसक्ने बताउनुभयो । साथै लोकतन्त्रक तथा समाजवादी आन्दोलनलाई सुदृढ गर्दै सुखी नेपाली र समृद्ध नेपाल सपना साकार पार्ने अभियानमा जुट्न उहाँले सबै नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभयो ।
बैठकमा नेकपा (एकिकृत समाजवादी) बिक्रम राम, बतहु यादव, डा. द्वारिका उप्रेती, वीरेन्द्रप्रसाद शाह, सकल राम, श्रीप्रसाद पासवान, अरुण यादव, वैद्यनाथ साह, हारिओम साह, राम यादव, कौशलकिशोर सिंह, राजेश पटेल, कमला अधिकारी, मालती कुशवाहा, ध्रुव यादव, श्रीनिवास महतो, उस्मान अंसारी, अमलदेव यादव, वीरेन्द्र यादव, विजेन्द्र चौधरी, आ.के. भट्टराई, विन्दा यादव, शम्भु गिरीलगायतले बोल्नु भएको थियो । वक्ताहरुले कम्युनिष्ट आन्दोलनलाई केपी ओली र ओली प्रवृत्तिबाट जोगाएर अघि बढनु पर्ने बताएका थिए ।
बैठकले बारा जिल्लामा नेकपा एकिकृत समाजवादीलाई सुदृढ, संगठित तथा जनआधारित पार्टी निर्माणको साथै भाद्र २७ गतेको कार्यक्रमलाई सफल बनाउन मञ्च व्यवस्थापन, स्वयंसेवक तथा जनपरिचालन उपसमिति जनसंगठनहरुले गर्ने, आर्थिक उपसमिति गठन र प्रत्येक स्थानीय तहबाट न्यूनत्तम ५० जना अगुवा कार्यकर्ता उपस्थिति गराउने निर्णय भएको प्रचारप्रसार उपसमिति संयोजक रमेश सुवेदीले जानकारी दिनुभयो ।
स्थानीय तहहरुले वडा, गाउँ, नगर, उपमहानगरका भेला, बैठक गरी भाद्र २७ गते पार्टी अध्यक्ष क. माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा कलैया हुने कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्ने निर्णय गरिएको छ ।