पुष्पराज खतिवडा
१६ श्रवाण २०७८
बारा
साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना बाराले महामारी पुनःस्थापना सहयोग कार्यक्रम अन्तरगत २५ जनालाई जनही १० हजार नगद आर्थीक सहयोग प्रदान गरेको छ ।
शनिबार जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना स्थीत संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा कोरोना महामारीका क्रममा सदस्य परिवारबाट मृत्य भएकाहरुका आश्रीत सदस्यमा रकम प्रदान गरिएको हो ।
संस्थामा आवद्ध परिवारका २५ जना सदस्यले अहिले सम्म कोरानाबाट ज्यान गुमाएको संस्थाका अध्यक्ष विश्वनाथ लामिछानेले बताउनु भयो । तीनै सदस्यका आश्रीत परिवारमा साना किसान विकास लघुवित्त वित्तिय संस्थाको आर्थीक सहयोगमा शनिवार रकम प्रदान गरिएको हो । जिल्लाको निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका , कोल्हबी नगरपालिका र रौतहटको फतुवा विजयपुर नगरपालिका समेतका गरी २५ जनालाई रकम हस्तान्तरण गरिएको अध्यक्ष लामिछानेले बताउनु भयो ।
संस्थाले कोरोना संक्रमणबाट मृत्यु भएका सदस्य परिवारमा जनही दशहजार रकमका साथै संक्रमण देखीएका सदस्यलाई २ हजार नगद समेत प्रदान गर्दै आईरहेको वहाँले बताउनु भयो । करिब दशहजार सदस्य रहेको सहकारीले कोरोना महामारीबाट प्रभावित सदस्यहरुमा विभिन्न छुट समेत प्रदान गर्ने गरेको संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले बताउनु भयो ।
कार्यत्रममा साना किसान कृषि सहकारी संघ लिमिटेड बाराका अध्यक्ष मिश्रीलाल सहनी, उपाध्यक्ष कन्हैयालाल थारु, साना किसान विकास लघुवित्ति वित्तिय संस्था लिमिटेड ईलाका कार्यालय हेटौडाका प्रबन्धक शेर बहादुर चौधरी लगायतको सहभागिता रहेको थियो ।
डुमरवाना सहित यस्तो सहयोग साना किसान कृषि सहकारी संस्था लिमिटेड मनहर्वा, प्रसौनी, फत्तेपुर, ईनर्वासिरा, तेतरिया समेतले गरेको संघका अध्यक्ष मिश्रीलाल सहनीले कार्यत्रममा जानकारी दिनुभयो ।

Leave a Reply