निजगढ,बलात्कारमा परेर घाइते बनेकी निजगढ नगरपालिका वडा नम्बर १२ की बालिकाको स्वास्थ्य अवस्था सामान्य बनेपछि अस्पतालबाट सोमवार घरमा ल्याइएको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालले बालिकाको अवस्थामा सुधार आएको भन्दै डिस्चार्ज गरेपछि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गको पहलमा उनलाई रतपुरको थलीस्थित घर ल्याइएको हो ।उपप्रमुख थिङ्ग बालिकालाई लिन आफै नारायणी अस्पताल पुग्नुभएको थियो । उपप्रमुख थिङ्गले बालिकालाई १ जोर कपडा, खाद्यान्न र १ थान ह्विल चेयर पनि सहयोग प्रदान गर्नुभएको छ ।प्रादेशिक अस्पताल कलैयामा उपचारपछि थप उपचारको लागि बालिकालाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रिफर गरिएको थियो ।बलात्कारको घटनामा संलग्न रहेको आरोपमा सोही वडाको रामथली बस्ने ६४ बर्षिया राना माईला भनिने सोमबहादुर लुङ्ग्बालाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई इलाका प्रहरी कार्यालय निजगढ माताहातको अस्थायी प्रहरी पोष्ट रतनपुरको टोलीले वडा नम्बर ११ स्थित एक घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।जङ्गलमा बाख्रा चराउन गएका लुङ्गबाले हिडन र बोल्न समेत नसक्ने अपाङ्गता भएकी ११ वर्षिय बालिकालाई घरमा कोहि नभएको मौका छोपेर शुक्रवार दिउसो बलात्कार गरेका थिए ।




















