निजगढ,राष्ट्रिय युवा संघ नेपाल निजगढ नगरपालिका वडा नम्बर ८ कमिटीको आयोजनामा डेङ्गु रोग रोकथामको निम्ति वडाका विभिन्न स्थानमा किटनाशक औषधि छर्किने कार्य गरिएको छ ।राष्ट्रिय युवा संघ नेपाल निजगढ नगरपालिका वडा नम्बर ८ कमिटीका अध्यक्ष प्रितमकुमार लामा नेतृत्वमा युवा संघ नेपाल केन्द्रिय सदस्य इराज कोइराला, दिपिका शाह, युवा संघ नेपाल मधेस प्रदेश कमिटी सदस्य सुदिप तिमिल्सिना, ज्ञानु लामा, जिल्ला कमिटी सदस्य प्रवेश शर्मा, बुद्ध लमा, रन्जन लामिछाने निजगढ नगर कमिटी अध्यक्ष घनश्याम तिमल्सिना, कोषाध्यक्ष निरज खतिवडा, सदस्य अशोक सापकोटा, युवा संघ नेपाल वडा ८ का कोषाध्यक्ष युनिस न्यौपाने, एकाले निजगढ नगर कमिटी सचिवालय सदस्य जयराम कुबर, गोकुल न्यौपानेको उपस्थितिमा वडाका विभिन्न टोलहरुमा किटनाशक औषधि छर्किने कार्य गरिएको हो ।



















