निजगढ – निजगढ नगरपालिका वडा नम्बर ८ का २१ बर्षिय प्रमिस गुरुङ्गलाई सिमापारी पुर्याएर लुटपाट गर्ने रक्सौल कोइरियाटोला घर भै हाल निजगढ नपा वडा नम्बर ९ शान्तिटोलमा डेरा गरी बस्दै आएका सुरज साहलार्ई प्रहरीले हिजो पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढको टोलीले साहलाई साझ डेराबाट पक्राउ गरिएको प्रहरी निरीक्षक विकास थपलियाले जानकारी दिनुभयो ।
सस्तोमा मोवाइल किनिदिने प्रभोलमा पारेर भारतको रक्सौल पुर्याएपछि साह र उनका ३ जना साथीले गुरुङ्गलाई चक्कु प्रहार गरी २० हजार नगद, एक थान सामसुङ्ग मोवाइल र कानमा लगाएको आधा तोला सुनको २ वटा मुन्द्रासमेत लुटेका थिए । चक्कु प्रहारबाट गुरुङ्गको दाहिने गालामा गहिरो चोट लागेको छ । रक्सौलमा पुगेपछि भारतीय नम्बर प्लेटको जिपमा राखेर गुरुङ्गलाई अपहरण शैलीमा रामगढवा नजिक पुर्इएको र लुटपाट गरिएको प्रहरीले बताएको छ ।
लुटेराहरुले पैसा गन्ने क्रममा जिपको गति कम भएपछि गुरुङ्ग हामफालेर भाग्दै निजगगढ आइपुगेका थिए । सुरजले एक बर्ष पहिले पनि निजगढ नपा ८ का दिनेश पराजुलीलाई मोवाईल किनिदिने भन्दै रक्सौल पुर्याएर ५० हजार रुपैया लुटेका थिए । उक्त घटनापछि रक्सौल बस्दै आएका सुरज गत फागुपुर्णिमा पर्वताकामात्र निजगढ आएका हुन । सुरजका बुबा विनोद साह निजगढ ८ स्थित शरण सुनचादी पसलमा कालिगढको काम गर्नेगर्छन । पकउ परेका साहमाथि थप अनुसन्धान भइरहेको निरीक्षक थपलियाले बताउनभुयो ।