आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढस्थित कन्काली मन्दिर परिसरमा बिहीवार सत्सङ्ग गोष्ठी सम्पन्न भएको छ ।
सनातन धर्म रक्षा मञ्चका सचिव बैकुण्ठप्रसाद जयसवालको अध्यक्षतामा भएको सो सत्सङ्ग गोष्ठीमा आत्मबोध समाज निर्माण, हत्या हिंसारहित समाज निर्माण, नशामुक्त समाज निर्माण, भेदभाव र सत्सङ्ग प्रेरित समाज निर्माण, स्वच्छ चरित्रवान र नैतिकवान समाज निर्माण गर्ने जस्ता विषयमा बिचार अदान प्रदान गरिएको थियो ।गोष्ठी बाबा राजमङ्गल दास, महेन्द्र यादव, नागेन्द्र गिरी, प्रेमा चौधरीद्वारा प्रवचन तथा भजन प्रस्तुत गरिएको थियो ।सनातन धर्म रक्षा मञ्च सिम्रौनगढको आयोजनामा भएको सो सत्सङ्ग गोष्ठीमा भक्तजनहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
















