निजगढ,निजगढ नगरपालिका वडा नम्बर ९ स्थित श्री जनज्योति आधारभूत तेक्वान्डो डोजाङको आयोजनामा चौंथों मधेस प्रदेश स्तरीय खुल्ला तेक्वाण्डो च्याम्पियनशिप प्रतियोगिता हुनेभएको छ ।प्रतियोगिता बारे जानकारी दिन आज निजगढ ९ स्थित होटल राजमार्गमा भएको पत्रकार सम्मेलनमा जनज्योति डोजाङ प्रमुख राजु माझीले आगामी पुस ४ र ५ गते निजगढ ९ को जनज्योति आधारभूत विद्यालय परिसर प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो ।

पुरुषका ९ र महिलातर्फ ७ तौल समूहमा प्रतिस्पर्धा गराइने सो प्रतियोगितामा मधेस प्रदेशका आठवटा जिल्लाका २० वटा डोजाङका करिव २ सय जनाभन्दा बढी खेलाडीहरू सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगितामा पुन्से विधातर्फ ः एकल÷जोडी प्रतिस्पर्धा हुने छ ।प्रतियोगितामा विजेता टोलीले ट्रफी हात पार्ने छ भने स्वर्ण पदक जित्नेलाई प्रतिखेलाडी एक हजार र र रजत पदक विजेतालाई ५ सय रुपैया पुरस्कार दिइनेछ ।प्रतियोतिामा पहिलो संस्करणमा आयोजक जनज्योति आवि तेक्वान्दो डोजाङ र दोस्रो संस्करण क्रियटिभ तेक्वान्दो डोजाङ, महोत्तरी र गत वर्ष भएको तेस्रो संस्करणमा प्रिया तेक्वान्दो डोजाङ, धनुषाले ट्रफी हात पारेको थियो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल तेक्वाण्डो डेजाङ्ग केन्द्रीय सदस्य गुरुप्रसाद गौतमले आर्थिक अभावका बाबजुद जनज्योतिले संचालन गर्दैआएको प्रतियोगितामा निजगढबासी सबैले सक्दो सहयोग गनर््ुपर्ने बताउनुभएको थियो ।

Leave a Reply