वीरगञ्ज,जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर ल्याउँदै गरेको साढे ४ लाख मूल्य बराबरको चकलेट बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ कुम्हाल टोलस्थित एउटा घरमा कोठा भाडामा लिई अनधिकृत रुपमा भण्डारण गरिएको अवस्थामा ७४ कार्टुन चकलेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार बरामद गरिएका विभिन्न किसिमका चकलेटलाई ४ लाख ४९ हजार ४० रुपैयाँ मूल्याङ्कन गरिएको छ । बरामद चकलेटलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

Leave a Reply