धिरेन्द्र तिवारी

कलैया,प्रादेशिक अस्पताल कलैयामा शनिवार एक कार्यक्रमका बीच बल्ड बैंक भवनको शिलान्यास गरिएको छ । साथै अस्पतालको अर्को भवनमा ब्लड बैंकको उद्घाटन समेत गरिएको छ ।बारा जिल्लाको सबैभन्दा जेठो सरकारी अस्पतालको रूपमा रहेको प्रादेशिक अस्पताल कलैयामा बल्ड बैंकको उद्घाटन भएपछि सेवाग्राहीहरु लाभान्वित हुने भएका छन ।अब प्रादेशिक अस्पताल कलैयामा उपचार गराउन आउने बिरामीहरुलाई रगतको आवश्यकता पर्दा वीरगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट बिकासकुमार साहले बताउनुभयो ।कार्यक्रमका बिशिष्ट अतिथिमा बारा निर्वाचन क्षेत्र नम्बर ३ ख का मधेस प्रदेश सभा सदस्य महमद समिरले प्रादेशिक अस्पताल कलैयाको पहिला र अहिलेको काम कारबाहीमा सुधार भएको बताउनुभउको छ । तर थाईराईट जाँच गर्ने मेसिन, भिडियो एक्सरे मेसिन प्रयोगविहिन अवस्थामा थन्काएर राखेको भन्दै उहाँले तत्काल सुचारु गर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसता बहुमुल्य मसिनहरु अस्पतालमा चेकजाँच नहुदा असहाय गरिब बर्गका समुदायहरुलाई पीडा भैइरहेकोमा त्यस तर्फ ध्यान दिनका लागि मधेस प्रदेश सरकारका स्वास्थ मान्त्री बिरेन्द्रप्रसाद सिन्ह समिरले ध्यानाकर्षण गराउनु भएका थिए ।भवनको उद्घाटन गर्नु अगाडि कार्यक्रमका प्रमुख अतिथि तथा मधेस प्रदेश सरकारका स्वास्थमन्त्री बिरेन्द्रप्रसाद सिंहले प्रादेशिक अस्पताल कलैयालाई ५० बेड्बाट १०० बेडमा स्तर उन्नति गर्नकालागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।उक्त भवन छाँया नेपाल नामक संस्थाको ८० प्रतिशत र प्रादेशिक अस्पताल कलैयाको २० प्रतिशत सहित कुल १ करोड ८ लाख ४१ हजार ५ सय २३ रुपैयाँ रहेको प्रादेशिक अस्पताल कलैयाका सूचना अधिकारी प्रेम पण्डितले जानकारी गराउनुभएको छ ।भवनको निर्माण कार्य आर्थिक वर्ष ०८०-०८१ को ६ महिनाभित्रमा सम्पन्न हुने छाया नेपालका ईन्जिनियर आशिष् सिंहले जानकारी गराउनुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, छाँया नेपालका कार्यकारी निर्देशक कमल थापा, स्वास्थ कार्यालय बाराका प्रमुख रामनरेश यादव, ईमर्जेन्सी फाँटका प्रमुख प्रदीप यादव, स्टोरका रमेश यादव, सामाजिक इकाईका अनिलप्रसाद चौरसिया, एक्सरे फाँटका रतनाकर चौधरी, ब्यलका फुल महम्मदलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

Leave a Reply