आर.के.चौधरी

सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ कार्यालयले वडाका विभिन्न विद्यालयमा २७ थान पंखा वितरण गरेको छ ।वडा कार्यालयमा आयोजित एक कार्यक्रममा वडा वडा अध्यक्ष चिरञ्जीवी महतो थारुले बुधवार विद्यालयका प्रधानाध्यापकहरुमार्फत पंखा वितरण गर्नुभएको हो । आर्थिक वर्ष ०७९÷०८० को बजेटमा छुट्टयाइएको रकमबाट विद्यालयहरुमा पंखा वितरण गरिएको हो ।गर्मी मौसममा विद्यार्थीहरुको पठनपाठन प्रभावित नहोस भनेर विद्यालयका छात्रछात्राको लागि पंखा सहयोग गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply