बाराको निजगढसँग जोडिएको दुर्तमार्गको निर्माण कार्यले गति लिएको बताइएको छ । दुर्तमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिएको छ । सेनाले दुर्तमार्ग निर्माणको काममा हात हालेसँगै समयमा निर्माणको कार्य सकिने आश पनि नागरिकहरुमा छ । यद्यपी भने जसरी दुर्तमार्ग निर्माणको काम भने अगाडि बढ्न सकेको छैन । दुर्तमार्ग निर्माणको कामको समीक्षा पनि बेला बेलामा भएको छ र हुनु पनि पर्दछ । यद्यपी दुर्तमार्गमा अपेक्षाकृत रुपमा सफलता हासिल हुन नसकेको बिषयमा पनि समीक्षा हुनु पर्दछ ।
सेनाले दुर्तमार्ग निर्माणका क्रममा रुख कटान गरेको छ । उसले कटान गरेको रुखको सट्टामा लाखौं रुखहरु रोप्ने प्रतिबद्धता पनि जनाएको छ । रुख काट्नु सेनाका लागि बाध्यता होला तर रुख रोप्नु पनि सेनाको जिम्मेवारीभित्र पर्दछ । बिकासका लागि रुख काट्नु नराम्रो कुरा होइन तर रुख काटेपछि रोप्न भने बिर्सनु हुन्न ।
निजगढ बिमान स्थलको कुरा पनि यही नै अड्किएको जस्तो देखिन्छ । रुख काट्ने बिषयमा नै बढी विवाद भएको पाइन्छ। वास्तवमा रुख काट्ने कुरामा अड्कनु राम्रो होइन तर रुख काट्न ढिला गर्न हुन्न । तर रुख काटेपछि रोप्नु पर्दछ । रुख रोपौं तर बिकास नरोकौं । सेनाले दिएको दुर्तमार्गको सन्देश पनि यही नै हो ।