कलैया,कलैया नगरपालिका स्तरीय अन्तर मावि हस्तलेखन र हाजिरी जवाफ प्रतियोगिता विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ ।श्री ३ चन्द्र मावि कलैयामा आयोजना गरिएको कार्यक्रममा प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने छात्रछात्राहरुलाई कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको हो । हस्तलेखन प्रतियोगितामा नेरा मावि मटिअर्वाका छात्र महमद दानीस बर्सी अंसारी र छात्रातर्फ पिन्टुकुमारी शर्मा प्रथम भएका थिए । त्यसैगरी जनता मावि कलैया भवानीपुरका छात्रा रोहित यादव र छात्रातर्फ पायलकुमारी माली दोस्रो तथा ३ चन्द्र मावि कलैयाका बिशाल सहनी, छात्रातर्फ पूर्णिमा यादव तृतीय बनेका थिए । त्यसैगरि आधारभूत विद्यालयको तर्फबाट हस्तकलामा नेरा अधारभूत विद्यालय श्रीपुरका सेराज अंसारी प्रथम, नेरा अधारभूत खमबाका चान्दनी कुशवाहा द्धितीय र रामपुर मर्दशाका रौसन आरा तृतीय भएका छन ।हस्तलेखन प्रतियोगितामा १७ वटा वटा मावि र ४८ वटा अधारभुत विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्र्थीहरुको सहभागिता रहेको थियो ।प्रतियोगता आयोजक समितिका संयोजक सरोजकुमार यादवको अध्यक्षतामा सम्पन्न सो उद्धाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नरेन्द्रकुमार गिरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बोल्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहले नगरभित्र रहेका विद्यालयमा शिक्षाको गुणस्तर बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । नगर प्रमुख साहले शिक्षा क्षेत्रमा देखिएको ढिलासुस्तिलाई सुधार गर्नका लागि आफू पूर्णप्रतिवद्ध रहेको जानकारी पनि दिनुभयो ।कार्यक्रममा कलैया उपमहानगरपालिका शिक्षा शाखाका प्रमुख प्रल्हाद बर्णवाल, अधिकृत बिजय अधिकारी, शिक्षापे्रमी महम्द सागिर, शिक्षकहरु मनोज साह, जियालाल चौधरी, भुनेश्वरप्रसाद यादव, किशोरीलाल किसमत, सुरज थापा लगायतकाले आफनो मन्तव्य ब्यतm गरेका थिए ।

Leave a Reply