निजगढ,निजगढ नगरपालिकाकी कार्यापालिकाका सदस्यहरुको पहलमा वडा नम्बर १० स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई शनिवार स्कुल पोशाक वितरण गरिएको छ ।कार्यपालिका सदस्य शर्मिला विश्वकर्मा र पवित्रा सुनारले उक्त विद्यालयमा पुगेर स्कुल ड्रेस वितरण गरेका हुन । निजगढ नगरपलिाका वडा नम्बर १० का वडा अध्यक्ष आशाकाजी श्रेष्ठको रोहवरमा निजगढ नगरपालिकाकाको महिला लक्षित कोषको आर्थिक सहयोगमा निजगढको समुन्नत महिला गार्मेन्ट उद्योगमा उत्पादन भएको पोशाक खरिद गरी विद्यार्थीहरुलाई विरतण गरिएको हो ।कार्यापालिकाकी सदस्य विश्वकर्मले सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आर्थिक अवस्था कमजोर भएको र विपन्न परिवारका विद्यार्थीहरुको लागि पोशाक वितरण गरिएको बताउनुभयो । अभिभावकहरुले पोशाक खरिद गर्न नसकेका कारण विद्यार्थीहरु विद्यालय जानसमेत नमान्ने गरेको भन्दै विश्वकर्मले पोशाक वितरणले विद्यालयप्रति बालबालिकाको आकर्षण समेत बढ्ने बताउनुभयो ।यस्तै कार्यपालिककी अर्की सदस्य पवित्रा सुनारले दैनिक ज्यालादारी गरेर छोराछोरी विद्यालय पठाए पनि स्कुल ड्रेस किन्न नसक्ने अवस्थामा रहेका अभिभावकहरुलाई मध्यनजर गर्दै पोशाक वितरण गरिएको बताउनुभयो । पोशाक वितरणमा वडा अध्यक्ष आशाकाजी श्रेष्ठ, विद्यालयका व्यवस्थापक समितिका अध्यक्ष सिद्धर्थ लोप्चन, सहकारी संस्थाकी अध्यक्ष कल्पना खरेललगायत विद्यालयका अभिभावकहरुको पनि उपस्थिति रहेको थियो ।



















