वीरगन्ज,वीरगन्जबाट प्रतिवन्धित लागूऔषध खैरो हिरोईन सहित दुईजना पक्राउ परेका छन् । भारत पश्चिम बगांल जिल्ला माल्दा बमनग्राम बस्ने २९ वर्षका महम्द नायम शेख र गोरखा जिल्ला घार्चे गाउँपालिका ६ घर भई हाल काठमाण्डौ बस्ने २४ वर्षीय सुरेश घले पक्राउ परेका हुन् ।वडा प्रहरी कार्यालय विर्ता र लागूऔषध नियन्त्रण पर्सा व्यूरोबाट खटिएको प्रहरीको सयुक्तं टोलिले वीरगन्ज महानगरपालिका शकंराचार्य गेटस्थित पैदलयात्रीहरुलाई रोकेर चेकजाँज गरेको थियो ।भारतको रक्सौलबाट वीरगन्जतर्फ आउदैँ गरेका महम्मद शेखलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकको झोलामा बेरिएको ३ प्याकेटभित्र ३०० ग्राम खैरो हेरोईन फेला पारेको प्रहरीको दावी छ ।शेखलाई पक्राउ गरि अनुसन्धान गर्दै जादाँ उक्त खैरो हेरोइन सुरेश घलेले मगाएको खुल्न आएकाले प्रहरीले लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरसँग समन्वय गरि घलेलाई समेत पक्राउ गरिएको जल्ला प्रहरी कार्यालय पर्साका डिएसपी सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो ।पक्राउ परेका शेख र घलेलाई लागूऔषध सम्बन्धि कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता गिरीले बताउनुभयो ।

Leave a Reply