पुष्पराज खतिवडा

मनहर्वा,बाराको फेटा गाउँपालिका वडा नम्बर १ भरवलियामा रुखबाट लडेर बुधवार विहान एक जनाको मृत्यु भएको छ । भरवलिया निवासी अन्दाजी ५० वर्षिय शम्भु मुखिया बिनको ताड (ताडी) को रुखबाट खसेर मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।ताडी निकाल्न उतार्न भनेर रुखमा चढ्ेका बिन खुट्टा चिप्लेर लडेका थिए । उपचारको लागि अस्पताल लैजाने तयारीको क्रममा उनको घरमा नै मृत्यु भएको स्थानीयको भनाईलाई उद्धृत गदै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो ।बिन मादक पदार्थं सेवन गरेर रुखमा चढेको र खुट्टा चिप्लेर लड्दा मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिनुभयो ।

Leave a Reply