कलैया – बाराको कोल्हवी नगरपालिका भित्र रहेको एक विधालय भित्रै मादक पदार्थ सेवन गरेको भन्दै विधालयमा अध्यनरत विधार्थीहरूले नाराबाजी गरेको हो । कोल्हवी नगरपालिका वडा नम्बर १ स्थित रहेको श्री अनुप दिपनी माध्यमिक बिद्यालय भित्र नै विधालयमा कार्यरत शिक्षकहरूले रक्सी सहित भोजभतेर गरेकोले विधालयमा अध्ययनरत विधार्थीहरूले नाराबाजी गरेको स्थानीय संचारकर्मी धिरेन्द्र पनुहरले जानकारी दिए ।
विधालयमा कार्यरत शिक्षक धिरेन्द्र चौधरी र कार्यालय सहयोगी कपिलदेव चौधरीको बिदाई कार्यक्रम आयोजना गरेको थियो । बिदाई कार्यक्रम सकिए पछि सो विधालयमा कार्यरत शिक्षकहरूले बिद्यालय जस्तो पवित्र स्थलमा मादक पदार्थ सेवन गरेको विधार्थी तथा अभिभावकहरूको गुनासो रहेको छ । विधालयमा पढ्न आएका विधार्थीहरूले विधालय क्षेत्र भित्र रक्सीको बोतल चारैतिर फालिएको थियो । रक्सीको बोतल फालिएको देखेर विद्यार्थीले बिरोध गरेको हो ।
विधालय जस्तो पवित्र स्थलमा रक्सी सहितको भोजभतेर गरि रहदा विधालयका प्रधानाध्यापक रामप्रकाश चौधरीले समेत रोक्न चाहेनन् ।
विधालय भित्र नै रक्सी सेवन गरेको विषयलाई लिएर विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापक चौधरीसँग जवाफ माग्न खोज्दा विधालयबाट निष्काशन गरिदिने धम्की समेत दिएको विधार्थीहरूको भनाइ थियो । यसै विषयमा विधालय व्यवस्थापन समितिका अध्यक्ष अजय कुमार साहसँग प्रतिक्रिया लिदाँ आफूहरू बिदाई कार्यक्रम सकिए लगत्तै कार्यक्रम स्थलबाट हिडिसकेको जानकारी दिए । विधार्थीहरूले नाराबाजी सहित बिरोध जनाएपछि बुझ्दै जादाँ शिक्षकहरूले थोरै थोरै रकम जम्मा गरी भोजभतेर गरेको जानकारी प्राप्त भएको बताए । साथै यस विषयमा हामी गोप्य रूपमा अनुसंधान गरिरहेका छौ यदि विधालय भित्र गलत क्रियाकलाप भएको पाईएमा शिक्षकलाई कार्वाही गर्ने विधालय व्यवस्थापन समितिका अध्यक्ष साहले प्रतिकृया दिए ।
विधालयका प्रधानाध्यापक चौधरीसँग बुझ्न खोज्दा आफू व्यस्त गरेकोले यस विषयमा पछि कुरा गर्ने भन्दै पन्छिन खोज्यो ।