निजगढ,लायन्स क्लव अफ निजगढ पिसको आठांै वार्षिक कन्भेन्सनले क्लबको प्रेसिडेन्टमा निजगढ ४ का बुद्ध लामालाई चयन गरेको छ ।पिसको बिहीवार सम्पन्न आठौ वार्षिक कन्भेन्सनबाट लामालाई सन २०२३-२४ को प्रेसिडेन्टमा चयन गरेको हो । पिसको नवगठित समितिको सेक्रेटरीमा रन्जन लामिछाने र ट्रेजरमा सुरज गौतम लगायत चयन हुनुभएको छ ।निवर्तमान प्रेसिडेन्ट बिनोद घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, विशिष्ट अतिथिमा वडा नं १३ का अध्यक्ष सुर्य घलान हुनुहुन्थ्यो । त्यस्तै अतिथिमा लायन्सका डिस्ट्रिक तराई एरिया चिफ बिनोद भारती, डिस्ट्रिक चेयर पर्सन खडगप्रसाद उप्रेती, जोन चेयर पर्सन पवन श्रेष्ठ, लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट अरुण सर्राफ, लायन्स क्लब अफ निजगढ युथका चार्टर्ड प्रेसिडेन्ट ईराज कोईराला लगायतको उपस्थिति रहेको थियो ।कार्यक्रमको सन्चालन पदमप्रसाद तिमल्सिनाले गर्नुभएको थियो भने कार्यक्रम निजगढ वडा नं १३ स्थित हाई डम्बरपुर रिसोर्टमा भएको हो । क्लबले निजगढमा रहेर सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here