दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको बारागढी गाउँपालिका वडा नम्बर ५ चरवन्त पथरामा रहेको श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयममा बारागढी सामुदायिक सीकाइ केन्द्रको पाँचौ वार्षिक सधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष मुरारीप्रसाद चौधरीको अध्यक्षतामा भएको सो साधारण सभामा बारागढी गाँउपालिकाकी उपाध्यक्ष लक्ष्मी देबी रायले पानस बत्ति बालेर उद्धाटन गर्नुभएको थियो । साधारण सभामा संस्थाका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष मैनेजर चौधरी, बारागढी गाउँपालिकाकी शिक्षा शाखा प्रमुख जलमती चौधरी, वडा सदस्य बिनोद सहनी, समाजसेवी दयाशंकर राय, श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिंहासनी बैरियाका प्रधानध्यापक सीमा चौधरी, संञ्चारकर्मी राजन चौधरी, ज्ञानगंगा सामुदायिक सीकाइ केन्द्र गडहलका अध्यक्ष प्रमेन्द्रकुमार फौजदार, जनचेताना सामुदायिक सीकाइ केन्द्र खोपवाका अध्यक्ष बिन्देश्वर चौधरी, माँ सरस्वती सीकाइ केन्द्र बिशुनपुर्वाका अध्यक्ष दिनेश जयसवाललगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै वडा अध्यक्ष मैनेजर चौधरी, हरिन्द्रप्रसाद यादव, भाग्यनारायण यादव, मान्झा चौधरी, कुन्दन चौधरी, बिन्दु चौधरीलगायतले सीकाइ केन्द्रले गरेको कामको प्रसंसा गर्नुभएको थियो ।कार्यक्रममा स्वागत मन्तव्य पबित्रीकुमारी चौधरी र कार्यक्रमको संञ्चालन शिक्षिका प्रियात्मा चौधरीले गर्नुभएको थियो ।

Leave a Reply