जियालाल चौधरी

कोल्हबी,बाराको कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले कोल्हबी नगरपालिका वडा नम्बर १ मा अवस्थित मठ्वा चौरमा नेपाल विधुत प्राधिकरणको सबस्टेशन शिलन्यास गर्नुभएको छ ।नगर प्रमुख चौधरीले धार्मिक विधिअनुसार पूजापाठ गरेर सबस्टेशनको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले सबस्टेशनको निर्माणपछि नगर क्षेत्रको विद्युतीकरणमा ठूलो टेवा पुगने बताउनुभयो ।२ वर्ष पहिले नै ठक्का भैसकेको सो सबस्टेशनको जग्गा विवादका कारण काम अघि बढन सकेको थिएन । जग्गा विवाद समाधान भएपछि भवन शिल्यान्यास गरिएको नगर प्रमुख चौधरीले जानकारी दिनुभयो । करिब १० करोड ७० लाखको लागतमा २ बिघा ५ कठ्ठा क्षेत्रफलमा निर्माण हुने उक्त विद्युत सबस्टेशनको शिलान्यास कार्यक्रममा उद्योग बाणिज्य संघ कोल्हबी शाखाका पुर्वअध्यक्ष ढुन्डिराज उप्रेती, नगर उद्योग बाणिज्य संघ कोल्हबीका संस्थापक अध्यक्ष महेशकुमार साह, सुरक्षा बेस कोल्हबीका प्रमुख विश्वनाथ यादव, समाजसेवी कपिलदेव पजियार लगायतका उपस्तिथि रहेको थियो ।

Leave a Reply