कृष्ण मोहन साह
सेढवा ,सशस्त्र प्रहरी बल पर्साले अवैधरुपले भित्राइएको प्याज बरामद गरेको छ ।भन्सार छली गरि ल्याएको प्याजसहितको ट्रक सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म अलौले नियन्त्रणमा लिएको हो ।सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप थापाको कमाण्डमा खटिएको चेकप्वाईन्टको टोलीले से १ क ८४० नम्बरको मिनी ट्रकलाई रोकी चेकजाँच गर्दा १४८ बोरा करिब ७ क्विन्टल प्याज सहित ट्रक नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रवक्ता संगम श्रेष्ठले जानकारी दिनुभयो ।प्याज सहितको ट्रकलाई वीरगञ्ज भन्सार कार्यालमा बुझाएको सशस्त्र प्रहरीका प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

Leave a Reply