वीरगन्ज,नेपाल चामल तेल दाल उद्योग संघले स्वदेशी लगानीमा स्थापना भएका उद्योगहरुको उच्चगुणस्तरीय उत्पादनले राष्ट्रिय अर्थतन्त्रमा प्रभावकारी भुमिका निर्वाह गरेको बताएको छ ।संघले कठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा व्यवसायीहरुले अरबौंको लगानीमा संचालन गरेका उद्योगहरुबाट निर्वाहमूखी उत्पादन मात्र नभएर तेश्रो मुलुकका विभिन्न देशहरुमा समेत निर्यात हुनेगरी राष्ट्रिय उत्पादनमा टेवा पु¥याएर आन्तरिक उत्पादनलाई बढावा दिएको दावी गरेको हो ।संघका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले नेपाल सरकारले कृषि अनुदान र कृषि संरक्षण नीति निर्माण गरी स्वदेशी कृषि उद्योग संरक्षण गरी रोजगारी लगायतका पूर्वाधारहरुको सृजना गर्न आगामी वार्षिक बजेटमार्फत मार्ग प्रसस्त गर्न अनुरोध गरेका हुन ।कृषिलाई पूर्णप्राथमिकतामा राखेर स्थापना भएका चामल, तेल, दाल जस्ता उद्योगको बारेमा सरकारको प्रष्ट नीति निर्माण नहुनु, कृषि भूमिको संरक्षण नहुनु, उन्नत बिउबिजन र मलजलको पूर्णव्यवस्थापन नहुनु, राज्यका कमजोर पक्ष भएको भन्दै उहाँले यस्तो अवस्थामा सुधार ल्याउन आग्रह गर्नुभयो ।कृषिलाई र कृषिजन्य उद्योगहरुलाई अग्रगमनतर्फ लैजान सक्ने कुनै ठोस संकेत नदेखिएको भन्दै उहाँले राष्ट्रिय अर्थतन्त्रलाई सबल र सक्षम बनाउन आन्तरिक उत्पादन र स्वदेशी उद्योगहरुलाई निश्चित नीति निर्माण गरी विषेश प्राथमिकताका साथ गम्भीर बहस गर्न उहाँले आग्रह गर्नुभयो ।अरबौंको स्वदेशी लगानीमा उद्योग स्थापना गरिएको हुन्छ तर बिना अध्ययन सरकारबाट बेलाबेलामा नीति परिवर्तन गरिदिँदा व्यवसायीहरुको लगानी जोखिममा पर्ने मात्र नभई उद्योग नै बन्द गर्नुपर्ने तितो यथार्थ भएको भन्दै उहाँले सरकारले नीति तथा नियम बनाए प्रभापकारी र नतिजामूखी हुने अपेक्षा राख्नुभएको हो ।

Leave a Reply