कलैया,साडी, चामल तथा आर्थिक प्रलोभनमा नपरी जनताको माझमा बसेर काम गर्ने उम्मेदवारलाई जिताउन नेकपा एमालेका केन्द्रीय सदस्य सरस्वती देवी चौधरीले आग्रह गर्नुभएको थियो ।बाराको निर्वाचन क्षेत्र नम्बर २ को करैयामाई गाउँपालिका वडा नम्बर ८ औनियामा चुनावी सभामा बोल्दै एमालेका केन्द्रीय सदस्य चौधरीले जनताको सुख, दुख तथा जनताको माझमै रहेर काम गर्ने नेता पुरूषोतम पौडेललाई अत्याधिक मतले बिजय बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका प्रतिनिधि सभाका सदस्य रामसाहाय यादव उपराष्ट्रपति भएपछि बारामा यही बैशाख १० मा उपनिर्वाचन हुदैछ ।उम्मेदवारी दिएका दलका नेताहरूले जनताको मत आफ्नो पक्षमा पार्न विभिन्न एजेन्डा सहित आश्वासन दिइएको देखिन्छ । तर नेकपा एमालेलेका उम्मेदवार पौडेलको प्रचारप्रसार शैलीमा भने अन्य उम्मेदवारको भन्दा फरक छ । अन्य दलका एक उम्मेदवारले अर्को उम्मेदवारलाई विरोध गरेर मत माग्ने गरेको भए पनि एमाले उम्मेदवार पौडेलले भने जनताको आशिर्वाद सहित घरदैलो तथा कोणसभा गरिरहुभएको छ ।निर्वाचन क्षेत्र नम्बर २ को करैयामाई गाउँपालिका वडा नम्बर ८ औनियामा आइतवार नेकपा एमालेले चुनावी सभाको आयोजना गरेको थियो ।ऋषि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सरसती देवी चौधरी, निर्वाचन क्षेत्र नम्बर ४ क का प्रदेश सभा सदस्य देवनारायण चौधरी, पलट चौधरी, कमला घिमिरे, मनोज पौडेल, रबिन्द्र खकुरेल, धनिराम चौधरी लगायतकोले मन्तव्य व्यक्त गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य रबिन्द्रप्रसाद चौधरीले व्यक्त गर्नुभएको थियो ।

Leave a Reply