नरेश गुप्ता

बरियारपुर,बारामा खाना पकाउने क्रममा प्रेसर कुकर पडकिँदा एक किशोरी घाइते बनेका छन ।

बाराको महागढीमाई नगरपालिका वडा नम्बर ७ बस्ने पुनित पण्डितकी वर्ष १६ की छोरी रेसमीकुमारी पण्डित खाना पकाउने क्रममा प्रेशर कुकर पडकिएर घाइते बनेकी बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

उनको अनुहार र दाहिने हात तथो खुट्टामा चोटपटक लागेको छ । घाइतेको उपचार लागि बेनौलीस्थित मेडिकलमा पठाइएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ ।

यसैगरी प्रहरीले जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर.७ मगर टोलबाट स्थानीय कान्छा मगर, सानु आले, बिरबहादुर पुलामी लगायतको घरबाट घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ.६०० लिटर नष्ट गरेको छ ।

सोही स्थानबाट प्रहरीले मदिरा बनाउन प्रयोग गरिएका ५ थान प्लास्टिकका भाँडा पनि नियन्त्रणमा लिएको छ । यसैगरी जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर.११ दुधौरा खोलामा अवैध रुपमा बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा ना.६.त.७८३, प्र.२–०३–००१ त ३९२१ नम्बरको ट्रेक्टर फेला पारी नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको टेक्टरलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यलय .सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here