कृष्ण मोहन साह
सेढवा,वन संरक्षण सम्बन्धि दुई दिने गोष्ठी छलफल र अन्तरक्रिया कार्यक्रम पर्साको जिरभवानी गाउँपालिकाको पन्चमुखी उपभोक्ता समितिको सामुदायिक भवनमा मंगलवार समपन्न भएको छ । डिभिजन वन कार्यालय पर्साको आयोजना र सबडिभिजन वन कार्यालय बसन्तपुरको सहजीकरणमा समपन्न भएको कार्यक्रमको उद्धाटन जिराभवानी गाउँपालिका वडा नम्बर नम्बर दुईका वडा सदस्य शंकर पटवारीले गर्नुभएको थियो ।कार्यक्रममा वनको परिभाषा, दुरी निर्धारण, निजी वन तथा कृषि वन दर्ता प्रकृया, निजी वन उपभोग सम्बन्धि व्यवस्था, प्रजाती छनौट र दुरी निर्धारण लगायको विषयमा छलफल गरिएको थियो ।कार्यक्रममा वक्ताहरुले वन संरक्षणमा आमउपभोक्ताको सहभागिता बेगर वन संरक्षण गर्न नसकिने बताएका थिए । वन रहे मात्र पृथ्वीमा मानवलगायतका प्राणीहरुको अस्तित्व रहनेमा पनि वक्ताहरुले जोड दिएका छन । वन संरक्षणमा नेपाल प्रहरी, सशस्त्र प्रहरी निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना वन कर्मचारी र आमजनता मिलेर वनको संरक्षण गर्नुपर्ने कुरामा कार्यक्रममा सहभागी बक्ताहरुले जोड दिएका छन ।कार्यक्रममा सुनाखरी होमेस्टेका अध्यक्ष शम्भु पौडेल, सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट महादेवपट्टीका सशस्त्र प्रहरी निरीक्षक शम्भु ढुङ्गेल, प्रहरी चौकी हरैयाका प्रहरी सहायक निरीक्षक राजकुमार ठाकुर, स्थानीय समाजसेवी सोमनाथ सापकोटा लगायत स्थानीय बुद्धिजीवी जनप्रतिनिधिहरुको उल्लेखनीय समभागिता रहेको थियो ।कार्यक्रममा सहभागीहरुलाई सबडिभिजन वन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले प्रशिक्षण दिनुभएको डिभिजन वन कार्यालय पर्साका प्रवक्ता एवंम सहायक वन अधिकृत फर्मान मियाले जानकारी दिनुभयो ।
















