बिदुर खडका
देशका विभिन्न स्थानमा सहकारी संञ्चालकले सदस्यले जम्मा गरेको रकम अपचलन गरेको खबर आइरहेको बेला बारा बचत तथा ऋण सहकारी संघले आफू मातहतका सहकारीहरुलाई जोखिममा आधारित सहकारी सुपरीवेक्षण कार्यक्रम संञ्चालन गरेकोछ ।कार्यक्रममा सहकारी संघका अधिकारीहरुले शहर केन्द्रीत सहकारीहरुले गरेको बदमासीका कारण ग्रामीण क्षेत्रका सरकारीकोसमेत बदनामी भइरहेकोभन्दै चिन्ता व्यक्त गरेका थिए ।कार्यक्रमका वक्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको सहकारी संस्थाहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार सहकारी मैत्री नभएको गुनासो पनि गरेका थिए ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संघ बाराका अध्यक्ष सतेन्द्र ठाकुर, बरिष्ठ उपाध्यक्ष राजु अधिकारी, महिला उपाध्यक्ष कोपिला सिमखडा, आयोजक संस्थाका अध्यक्ष शोभा केसी, संञ्चारकर्मी बिदुर खडकालगायत आफ्नो धारणा राखेका थिए ।
सप्तरंङ्गी बचत तथा ऋण सहकारी संस्था डुमरवानाले आयोजना गरेको एक दिने कार्यक्रममा बारा जिल्लाको बरियारपुर, कलैया, निजगढ, सिमरा औराह गरि ७ वटा बचत तथा ऋण सहकारीहरुका प्रबन्धक, अध्यक्ष र कर्मचारीहरुसमेत गरी ३५ जनाको सहभागिता रहेको थियो ।
कलैयामा कृषिमा लगानी गर्ने लगानीकर्तासँग छलफल कार्यक्रम
कलैया,राष्ट्रिय कृषि कम्पनी नेपालले शनिवार कलैयामा कृषिमा लगानी गर्ने प्रस्तावित लगानीकर्ताहरूसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ ।कम्पनीका अध्यक्ष विशाल हुमागाईँका अनुसार यस कार्यक्रममा कृषि क्षेत्रको रुपान्तरणका लागि आवश्यक पहलहरू, सम्भावित लगानी अवसरहरू र कृषि क्षेत्रको विकास गर्न सकिने कार्य योजनाहरूबारे छलफल गरिएको थियो ।कार्यक्रमको उद्देश्य कृषि क्षेत्रमा नवीन प्रविधि, स्रोत साधनको अधिकतम उपयोग र प्रभावकारी व्यवस्थापनमार्फत उत्पादकत्व र आर्थिक लाभ वृद्धि गर्नुरहेको अध्यक्ष हुमागाइँले बताउनुभयो । साथै, उहाँले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै देशको समग्र आर्थिक वृद्धिमा योगदान पुर्याउन लगानीकर्ताहरूलाई आह्वान गर्नुभएको छ ।
कार्यक्रममा कृषिमा रुचि राख्ने विभिन्न व्यवसायी, लगानीकर्ता तथा सरोकारवालाहरूको उपस्थिति थियो । छलफलबाट कृषि क्षेत्रको विकास र लगानीको सम्भाव्यतामा थप स्पष्टता आउने विश्वास गरिएको छ ।



















