कलैया,अखिल नेपाल महिला संघ बाराको अध्यक्षमा बन्दना सिंह निर्वाचित हुनुभएको छ ।कलैयामा शनिवार भएको छैठौं जिल्ला सम्मेलनबाट सिंहको नेतृत्वमा अखिल नेपाल महिला संघ बाराको ५७ सदस्यीय समिति चयन भएको हो ।संघमा दुई उपाध्यक्ष लक्ष्मी गौतम र बेली पाठक, सचिवमा उषा सापकोटा, सहसचिवमा प्रतिमा यादव र कोषाध्यक्षमा पार्वती चौधरी निर्वाचित हुनुभएको छ ।

Leave a Reply