सेढवा,पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा बिहीबार राती जुवा खेलिरहेको अवस्थामा २२ जना जुवाडेहरु पक्राउ परेका छन ।

पर्साको पर्सागढी बडेर्वामा राती जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कर्यालय पर्साको क्राइम टोलीले विशेष सूचनाको आधारमा छापामारी २२ जना जुवाडेहरुलाई पक्राउ गरेको हो ।

छापामारीमा अन्दाजी १ लाखसहित २२ जना जुवाडेहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुशन्धान भइरहेको प्रहरीले बताएको छ । पक्राउ परेका जुवाडेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

Leave a Reply