बिदुर खडका

डुमरवाना,जीतपुरसिमरास्थित ब्राइटर ऐकेडमीको २२औं बार्षिक उत्सव शनिवार सम्पन्न भएको छ ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकका उपप्रमुख भोला अधिकारी, वडा नम्बर ३ का वडा अध्यक्ष ताराबहादुर कार्की, एन प्याब्सनका रामप्रसाद अधिकारी प्याब्सनका नेत्र दाहाल, बाईटर ऐकेडमीका प्रधानाध्यापक राजु कार्की, संचारकर्मी बिदुर खडका लगायतले बोल्नुभएको थियो ।कार्यक्रमका वक्ताहरुले जीतपुरसिमरामा संञ्चालित निजी विद्यालयहरुले नगरको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्दैआएका कारण उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधा र अन्य विषयमा विभेद गर्न नहुने बताएका थिए ।ऐकेडेमीले छोटो समयमा विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गरि विद्यालयलाई प्रविधिमैत्री बनाएकोमा प्रसंसासमेत गरेका थिए ।सो अवसरमा एकेडेमीले विभिन्न विधामा उल्लेख्य काम गर्ने अभिभावक र छात्रछात्राहरुलाई संम्मानित गरेको थियो ।ऐकेडेमीका अध्यक्ष कुलबहादुर क्षेत्रीको अध्यक्षमा भएको कार्यक्रममा विद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।

Leave a Reply